Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शुक्रबार, श्रावण ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राष्ट्रिय परिचयपत्र सम्बन्धमा

10 महिना अगाडी

2082-05-26


                         प्रश्न

                                                 जवाफ

१. राष्ट्रिय परिचयपत्र बनाउन के गर्नुपर्दछ ?

  • ONLINE आवेदन फाराम भरी सो को प्रिन्ट साथै सक्कल नेपाली नागरिकता प्रमाणपत्र लिई जिल्ला प्रशासन कार्यालयमा आउनुपर्छ  ।

२. राष्ट्रिय परिचयपत्र बनाउदा कुन-कुन कागजात आवश्यक्ता पर्दछ ?

  • नेपाली नागरिकताको सक्कल प्रमाणपत्र,
  • नागरिकताको प्रमाणपत्रमा जन्ममिति उल्लेख नभएको हकमा–जन्ममिति खुलेको कुनै सरकारी कागजात,
  • बसाईसराई, विवाह वा सम्बन्ध विच्छेद भएका सेवाग्राहीको हकमा सो सम्बन्धि कागजात,
  • पति वा पत्निको मृत्यु भएको भए मृत्युदर्ता प्रमाणपत्र ।

 

३. राष्ट्रिय परिचयपत्र बनाउदा सक्कल कागजात आवश्यक पर्छ कि पर्दैन ?

  • नागरिकताको हकमा सक्कलै र अन्य कागजातको हकमा प्रतिलिपि भएपनि हुन्छ ।

४. विवाहदर्ता, सम्बन्धविच्छेद  र बसाईसराई गरी राष्ट्रिय परिचयपत्र बनाउनु परेमा कुन-कुन कागजात आवश्यक पर्दछ ?

  • बसाईसराई दर्ता प्रमाणपत्र, विवाह दर्ता र सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र आवश्यक पर्छ ।

५. आवेदन नम्वर भएको हकमा राष्ट्रिय परिचयपत्र नम्वर कसरी हेर्न सकिन्छ ?

  • तलका वेभ लिङ्क मार्फत आवेदन नम्बर प्रविष्टी गरेर

https://citizenportal.donidcr.gov.np/en/check-nid-card-status

६. आवेदन नम्वर नभएको हकमा राष्ट्रिय परिचयपत्र नम्वर कसरी हेर्न सकिन्छ ?

  • तलका वेभ लिङ्क मार्फत आवश्यक विवरण भरेर

https://citizenportal.donidcr.gov.np/en/check-national-id-number

६. राष्ट्रिय परिचयपत्र आए/नआएको कसरी थाहा पाउने ?

  • आवेदन फाराम भर्दा उल्लेख गरेको मोवाईल नं मा Message आउँछ ।
  • तलको वेभ लिङ्क मार्फत

https://citizenportal.donidcr.gov.np/en/check-nid-card-status

७. राष्ट्रिय परिचयपत्र आए कहाँबाट लिन सकिन्छ ?

  • जिल्ला प्रशासन कार्यालयबाट आवेदन दिएका सेवाग्राहीहरुले जिल्ला प्रशासन कार्यालयबाटै र पालिका/अभियानबाट आवेदन दिएकाहरुको हकमा सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र कार्ड प्राप्त गर्न सक्नेछन् ।

८. राष्ट्रिय परिचयपत्र संशोधन गर्नुपरेमा के गर्ने ?

  • राष्ट्रिय परिचयपत्र संशोधन गर्नुपरेमा सक्कल राष्ट्रिय परिचयपत्र प्राप्त गरे पश्‍चात संशोधन गर्नुपर्ने विवरण उल्लेख गरी संशोधन फारम भरी रु. ५००।- (पाँच सय) बैंक दाखिला भौचर पेश गरे पश्‍चात संशोधन गर्न सकिन्छ साथै आफ्नो नागरिकता र आवश्यक सम्पूर्ण कागजातहरु सक्कल लिएर आउनुपर्दछ ।

९. कस्ता व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र आवश्यक पर्दैन

  • बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्ष माथिका नागरिकको हकमा राष्ट्रिय परिचयपत्र आवश्यक पर्दैन ।

१०. जन्मदर्तामा राष्ट्रिय परिचयपत्र नम्वर भएका व्यक्तिले थप कागजात लिनुपर्छ ?

  • लिनुपर्छ । जन्मदर्ताको प्रमाणपत्र लिई आउनु पर्छ

११. नेपाली  नागरिकतामा अङ्ग्रेजी नामथर नभएका थप के कस्ता कागजात चाहिन्छ ?

  • राहदानी,
  • शैक्षिक योग्यताकको प्रमाणपत्र,
  • पेन्सनको कागजात,
  • अंग्रेजी भाषामा नाम/थर भएको कुनै सरकारी कागजात ।

पछिल्लो अपडेट गरिएको : 2083-04-07 17:25:59

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पूर्वी भाग)