Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शुक्रबार, श्रावण ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राहदानी सम्बन्धमा

10 महिना अगाडी

2082-05-27


                                        प्रश्न

                                                जवाफ

१. राहदानीको लागि Online आवेदन कसरी गर्न सकिन्छ ?

  • राहदानी विभागको वेवसाईटको गई Online Application For E-Passport मा  Click गरे पश्‍चात आफैले आवेदन गर्न सकिन्छ ।

२. राहदानी बनाउन आउँदा वडा सिफारिस आवश्यक पर्छ कि पर्दैन ?

  • पर्दैन

 

३. राहदानी बनाउन आउदा सक्कल कागजपत्र लिनु पर्छ कि पर्दैन ?

  • सक्कल कागजात साथमै लिएर आउनुपर्छ ।

४. राहदानीको लागि दस्तुर कहाँ बुझाउनुपर्दछ ?

  • नेपाल बैङ्कमा गएर दस्तुर बुझाउनुपर्दछ ।

५. राहदानीको लागि दस्तुर कति जम्मा गर्नुपर्दछ ?

  • नयाँ राहदानी र नवीकरणको लागि रु पाँच हजार र हराएको वा विग्रिएको भए रु दश हजार दस्तुर लाग्दछ ।

६. राहदानी हराएमा प्रहरी रिपोर्ट/पत्रिकामा सूचना प्रकाशन गर्नु पर्छ कि पर्दैन ?

  • पर्दैन ।

७. राहदानी बनाउदा के-के कागजात आवश्यक पर्दछ ?

  • नागरिकता,
  • बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाणपत्र,
  • विवाहितको हकमा विवाहदर्ता प्रमाणपत्र,
  • सम्बन्ध विच्छेदको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र,
  • नविकरणको हकमा पुरानो राहदानीको सक्कल प्रति

८. राहदानीको म्याद कति समय बाँकी हुँदै  नविकरणको लागि आवेदन गर्न सकिन्छ ?

  • एक (१) वर्ष भन्दा कम अवधि बाँकी भए पश्चात मात्र।

 

९. साविकको राहदानीमा नागरिकतामा भएको विवरण भन्दा फरक परेको तर नयाँ राहदानीमा नागरिकता अनुसार संशोधन गर्नुपरेमा के गर्नुपर्दछ ?

  • सम्बन्धित स्थायी ठेगाना भएको वडा कार्यालयबाट एकै व्यक्ति सम्बन्धी वडा सिफारिस लिई जिल्ला प्रशासन कार्यालयबाट समेत एकै व्यक्ति प्रमाणित सिफारिस बनाउनु पर्छ ।

 

१०. नावालकको राहदानी बनाउन के गर्नुपर्दछ ?

  • जिल्ला प्रशासन कार्यालयबाट नाबलक परिचयपत्र बनाए पश्चात अनलाईन आवेदन फाराम भरी तोकिएको दस्तुर बुझाई नाबालक स्वयम् Enrollment Center मा उपस्थित हुनुपर्छ ।

११. नावालकको राहदानी बनाउदा कति शुल्क लाग्छ ?

  • दश वर्ष भन्दा कम उमरेका नाबलकलाई रु २५००।–
  • सो भन्दा माथि उमेरको हकमा रु ५०००।– शुल्क लाग्छ (जिल्लाबाट आवेदन गर्दा)

१२.  नावालकले राहदानी विभागबाट राहदानी बनाउदा जिल्लाबाट  कुनै सिफारिस लिनु पर्छ कि पर्दैन ?

  • नाबालक परिचयपत्रको जिल्ला प्रमाणिकरण लिई जानुपर्छ। अन्य सिफारिस आवश्यक पर्दैन।

पछिल्लो अपडेट गरिएको : 2083-04-07 17:25:59

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पूर्वी भाग)