Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
शुक्रबार, श्रावण ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कागजात प्रमाणित

10 महिना अगाडी

2082-05-27


                              प्रश्न

                                                      जवाफ

१. शैक्षिक योग्यताको प्रमाणपत्रमा नाम, उमेर र जात सच्याउन के-के कागजात चाहिन्छ  ?

  • फोटो प्रमाणित सहित जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको सम्बन्धित वडा कार्यालयको सिफारिस,
  • शैक्षिक प्रमाणपत्र प्राप्त विद्यालयको सिफारिस पत्र,
  • जुन जिल्लाको विद्यालयबाट एस.एल.सी/ एस.ई.ई पास गरेको हो सोही जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईको सिफारिस पत्र,
  • शैक्षिक प्रमाण पत्र, नागरिकता प्रमाण पत्र र जन्मदर्ता प्रमाणपत्र
  • निवेदन र रू. १० को हुलाक टिकट
  • पासपोर्ट साईजको फोटो २ प्रति
  • आवश्यकता अनुसार वडा र प्रहरी सर्जमिन मुचुल्का बुझ्न सकिनेछ ।

२. भारतीय/ब्रिटिस पेन्सनको पारिवारिक विवरण, शपथ पत्र, पेन्सन पट्टा नामसारी, नामथर जन्ममिति प्रमाणितको लागि के-के कागजात आवश्यक पर्दछ ?

  • स्थायी ठेगाना भएको वडा कार्यालयबाट फोटो प्रमाणित सहितको सिफारिस पत्र,
  • परिवारको सम्पूर्ण सदस्यहरुको नागरिकताको प्रतिलिपि
  • मृतकको मृत्युदर्ताको फोटोकपी
  • पेन्सन पट्टा र डिस्चार्ज सर्टिफिकेटको फोटोकपी
  • विवाहदर्ता प्रमाणपत्रको प्रतिलिपि / विवाह प्रमाणित सिफारिस
  • बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाण पत्र र जग्गाधनी प्रमाण पूर्जा, जग्गाधनी प्रमाण पूर्जा नभएको खण्डमा स्थायी बसोबास प्रमाणित
  • सम्बन्धित व्यक्तिको निवेदन र रु. १० को हुलाक टिकट
  • आवश्यकता अनुसार वडा र प्रहरी सर्जमिन मुचुल्का बुझ्न सकिने छ ।

 

३. जनजाती/दलित/खस आर्य प्रमाणितको लागि के-के कागजात आवश्यक पर्दछ ?

  • सम्बन्धित वडा कार्यालयको सिफारिस
  • सम्बन्धित व्यक्ति र निजको बाबु/आमाको नागरिकताको फोटोकपी
  • रु. १० को हुलाक टिकट

४. नामथर र जन्ममिति फरक परेको व्यक्ति एउटै भएको प्रमाणित गर्न के-के कागजात आवश्यक पर्दछ ?

  • सम्बन्धित वडा कार्यालयको सिफारिस
  • नागरिकता प्रमाण पत्र
  • के मा फरक परेको हो जस्तै शैक्षिक प्रमाण पत्र, राहदानी, नियुक्ती पत्र, पेन्सन पट्टा आदी प्रमाणपत्र
  • रु १० को हुलाक टिकट
  • आवश्यकता अनुसार वडा र प्रहरी सर्जमिन मुचुल्का बुझ्न सकिनेछ ।

पछिल्लो अपडेट गरिएको : 2083-04-07 17:25:59

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पूर्वी भाग)