जिल्ला प्रशासन कार्यालयको परिचयः
२००७ सालमा प्रजातन्त्रको पादुर्भाव पश्चात चुस्त एवं विकेन्द्रित प्रशासनको आवश्यक्ता महशुस गरी वडा हाकिमहरुको नियुक्ति गरेको पाईन्छ । यसै क्रममा गढी, गौंडा र गोश्वाराको रुपमा गृह प्रशासनको कार्य संचालन भएको थियो । नेपालको संविधान २०१९ अनुसार नेपाललाई १४ अञ्चल, ७५ जिल्ला, ५ विकास क्षेत्रमा विभाजन गरियो । स्थानीय प्रशानलाई विकेन्द्रित प्रशासन व्यवस्था अनुसार सञ्चालन गर्न तथा शान्ति सुरक्षा व्यवस्थालाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्थानीय प्रशासन ऐन, २०२८ लागू गरियो । उक्त ऐनको दफा ५ ले जिल्लाको सामान्य प्रशासन सञ्चालन गर्न प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयको स्थापना भएको थियो । साविक ईलाका प्रशासन कार्यालय रुकुमकोट, र वि.सं. २०७४ साल देखि नेपाल सरकारको राज्य पुनःसंरचनाको क्रममा स्तरोन्नती भई जिल्ला प्रशासन कार्यालय, रुकुमकोट, रुकुम पूर्व बनेको हो । हाल जिल्ला प्रशासन कार्यालय लगायत सबै कार्यालयहरु रुकुमकोटमा अवस्थित रहेका छन् । यस रुकुम पूर्व जिल्ला नेपालको कान्छो जिल्ला तथा लुम्विनी प्रदेशको एकमात्र हिमाली जिल्ला हो । यस जिल्लामा विभिन्न जातजाती, भेष-भूषा, संस्कृति, चाडपर्व र धार्मिक विविधता रहेको छ । यहाँको जनजीवन भौगोलिक धरातल अनुसार प्रभावित रहेको छ ।
जिल्ला प्रशासन कार्यालयको उद्धेश्यः
जिल्लामा शान्ति सुरक्षा कायम गरी जिउ, धनको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको प्रमुख उद्धेश्य रही आएको छ । यसका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रुपमा रही सार्वजनिक सेवा वितरणलाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गर्ने समेतका उद्धेश्यहरु रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकारः
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम - पूर्व
Powered By: ProActive Developers