|
प्रश्न
|
जवाफ
|
|
१. नागरिकता हराएको, बिग्रिएको, झुत्रो भएको अवस्थामा प्रतिलिपी नागरिकता लिन के गर्नुपर्दछ ?
|
- व्यक्तिको स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको नागरिकता प्रतिलिपि अनुसूची फाराम पेश गर्ने ( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)।
- नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्कलै र हराएको भए नागरिकताको प्रतिलपि संलग्न गरी पेश गर्ने।
|
|
२. बसाईसराई गरी आएको हकमा स्थायी ठेगाना कायम गरी प्रतिलिपी लिनु परेमा के गर्ने ?
|
- स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको नागरिकता प्रतिलिपि अनुसूची फाराम (नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)।
- नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्कलै र हराएको भए नागरिकताको प्रतिलिपि पेश गर्ने।
- बसाईसराई दर्ता प्रमाणपत्र सक्कल र सो को फोटोकपी पाना-१।
- परिवारका कुनै सदस्यको नाममा भएको जग्गाधनी दर्ता प्रमाणपत्र (लालपूर्जा)। साथै लालपूर्जा नभएमा सम्बन्धित स्थायी वसोबास गरेको वडा कार्यालयबाट प्रमाणित सिफारिस पत्र।
|
|
३. विवाह गरी आएको महिलाले पतिको नामथर र स्थायी ठेगाना कायम गरी प्रतिलिपी लिनु परेमा के गर्ने ?
|
- सम्बन्धित वडा कार्यालयबाट प्रमाणित भएको नागरिकता प्रतिलिपि अनुसूची फाराम (नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)।
- नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्कलै र हराएको भए नागरिकताको प्रतिलिपि पेश गर्ने।
- पतिको नागरिकता प्रमाणपत्रको सक्कल प्रति र फोटोकपि पाना-१
- अनलाइन विवाह दर्ता प्रमाणपत्र सक्कल प्रति सहित फोटोकपि पाना-१
- यदि पति र पत्नीको जन्म उमेर धेरै अन्तर भएमा दुवैको पहिलो विवाह भएको भनी खुलाईएको वडा कार्यालयको सिफारिस पत्र
|
|
४. सम्वन्धविच्छेद गरी पुनः माइती तर्फबाट नागरिकताको प्रतिलिपी लिन के गर्नुपर्दछ ?
|
- सम्बन्धित वडा कार्यालयबाट प्रमाणित भएको नागरिकता प्रतिलिपि अनुसूची फाराम ( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)।
- नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सोको सक्कलै प्रति र हराएको भए नागरिकता प्रमाण पत्रको फोटोकपि पेश गर्ने।
- सम्बन्धविच्छेद प्रमाण पत्रको सक्कलै प्रति र सोको फोटोकपी पाना-१।
- अदालतको फैसला र सो को फोटोकपी पाना-१।
- माईती तर्फबाट सनाखत गर्न आउने व्यक्तिको सक्कलै नागरिकता प्रमाण पत्र र सो को फोटोकपी पाना-१।
|
|
५. नेपालको नागरिकता परित्याग गर्न के-के प्रक्रिया पूरा गर्नुपर्दछ ?
|
- रितपूर्वक भरिएको नेपाल नागरिकता नियमावली, २०६३ बमोजिमको अनुसूची-९ फाराम।
- नेपाली नागरिकता प्रमाण पत्रको सक्कलै प्रति।
- कुन देशको नागरिकता प्राप्त गरेको हो, सोही देशको सक्कलै नागरिकताको प्रमाण पत्र र राहदानी।
|
|
६. नागरिकता प्रतिलिपी लिन आउदा सक्कल प्रमाणपत्रहरु लिएर आउनु पर्छ कि पर्दैन ?
|
- व्यक्तिको स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको नागरिकता प्रतिलिपि अनुसूची फाराम पेश गर्ने।( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)
- नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्कलै र हराएको भए नागरिकताको प्रतिलिपि संलग्न गरी पेश गर्ने।
- आवश्यक कागजातहरू सबै सक्कलै लिई आउनु पर्छ ।
|
|
७. नागरिकता हराई प्रतिलिपी नागरिकता बनाएपछि साविकको नागरिकता भेटिएमा के गर्ने ?
|
- नयाँ लिएको प्रतिलिपि नागरिकता प्रयोग गर्ने र पुरानो नागरिकता प्रयोग नगरी यथासिघ्र जिल्ला प्रशासन कार्यालयमा बुझाउने।
|
|
८. हिनतावोधको कारण दलित जातीले थर संशोधन गर्नुपरेमा के गर्ने ?
|
- स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको नागरिकता प्रतिलिपि अनुसूची फाराम पेश गर्ने।( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)
- नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्कलै र हराएको भए नागरिकताको प्रतिलिपि पेश गर्ने।
- हिनताबोधका कारण थर संशोधन गरी अब कायम गरिदिने थर उल्लेख गरिएको सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र।
|
|
९. सम्वन्धविच्छेद गरी पुनः अर्को व्यक्तिसँग विवाह दर्ता गरी नागरिकता प्रमाणपत्र प्रतिलिपी लिनुपरेमा के गर्ने ?
|
- सम्बन्धित वडा कार्यालयबाट प्रमाणित भएको नागरिकता प्रतिलिपि अनुसूची फाराम।( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)
- नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्कलै र हराएको भए नागरिकताको प्रतिलिपि पेश गर्ने।
- सम्बन्धविच्छेद दर्ता प्रमाण पत्रको सक्कल प्रति र सो को फोटोकपी पाना-१।
- अदालतको फैसला र सो को फोटोकपी पाना-१।
- पतिको नागरिकता प्रमाण पत्रको सक्कल प्रति र सो को फोटोकपी पाना-१।
- पतिको पहिलो वा दोस्रो विवाह भएको सम्बन्धमा स्पष्ट खुलाई आएको वडा कार्यालयको सिफारिस पत्र।
- पति र पत्नीको उमेर अन्तर धेरै भएमा वा पहिलो/दोस्रो विवाह सम्बन्धमा दुविधा भएमा कार्यालयले आवश्यकता अनुसार प्रहरी सर्जमिन मुचुल्का वा वडा सर्जमिन मुचुल्का समेत बुझ्न सक्नेछ।
- पतिको दोस्रो विवाहको हकमा (पूर्व पत्नीको मृत्यु भएमा मृत्यु दर्ता प्रमाणपत्र, सम्बन्धविच्छेद भएकोमा अदालतको फैसला र सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र)।
|