न्यून व्यान्डविथ Invert Color A- A A+

एकिकृत नागरिक वडापत्र

7 महिना अगाडी

2082-05-23


१. नेपाली नागरिकता प्रमाणपत्र
क्र.स. सेवाको विवरण आवश्यक कागजातहरु लाग्ने समय लाग्ने शुल्क जिम्मेवार कर्मचारी/शाखा गुनासो सुन्ने अधिकारी कैफियत
1.1 वंशजको आधारमा नेपाली नागरिकता निवेदन सम्बन्धित जिल्लाको हकमा:- प्रमाण पुगेकोमा सोही दिन रु. 10/-को टिकट स.प्र.जि.अ./ना.सु स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.  
1.अनुसूची-1 को फारममा वडाको सिफारिस
2.बाबु र आमाको नागरिकता र विवाहिता महिला भए पतिको नागरिकताको     फोटोकपी । सो नभए दाजु वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको    नागरिकताको फोटोकपी र नाता प्रमाणित सहित सनाखत
3. बाबु, आमा वा नागरिकता भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई    वा तीन पुस्ता भित्रको अभिभावक संगको नाता प्रमाणित सहित सनाखत
4.उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु
5. श्यामश्वेत सहित फोटो 3 प्रति (कर्मचारी परिवार भए 4 प्रति)
6.जन्म दर्ता, जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र वा नावालक परिचय पत्र
अन्य जिल्लाबाट बसाइसाराई गरी आउनेको हकमा:-
1.स्थानीय पंजिकाधिकारीको कार्यालयबाट जारी भएको बसाइसराईको प्रमाणपत्र
2.जग्गाधनी प्रमाण पूर्जा
3.घरको नक्सा पास प्रमाणपत्र
4.पानी,विजुली,टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाणपत्र
5.बसाइ सरेर आउनेहरुको लागि बसाइ सरी आएको जिल्लाबाट बाबु आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी सो को भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ ।
1.2 बैवाहिक अङ्गिकृत नागरिकता(महिलाको लागी) 1.अनुसूची-7 को फारममा वडा अध्यक्षको सिफारिश प्रमाण पुगेकोमा सोही दिन रु. 10/-को टिकट स.प्र.जि.अ./ना.सु स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.  
2.पतिको नागरिकताको प्रतिलिपि
3. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
4. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण
5.पतिको सनाखत, पति नभएमा पतिको नाता भिड्ने नजिकको नातेदारको सनाखत
6. श्यामश्वेत फोटो 2 प्रति(कर्मचारी परिवार भए 4 प्रति)
7. भिसा लाग्ने देशको महिला भए मान्य अवधीको भिसा ।
1.3 कर्मचारी परिवार 1.जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकको परिवार, प्रमाण पुगेकोमा सोही दिन रु. 10/-को टिकट स.प्र.जि.अ./ना.सु स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.  
2. अनुसूची-1 वंशज र अनुसूची-7 वैवाहिक अंगिकृतको स्थानीय तहबाट सिफारिस फारम
3. अटो साइजको श्यामश्वेत फोटो-2 प्रति(वंशज), 5 प्रति(वैवाहिक अंगिकृतका लागि)
4.पिता/पति वा नजिकको नातेदारको ना.प्र.सहित सनाखत
5.जन्ममिति खुल्ने शैक्षिक प्रमाणपत्र वा जन्मदर्ता वा नाबालक परिचय पत्र
6. विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र ।
2. नेपाली नागरिकता प्रतिलिपी
क्र.स. सेवाको विवरण आवश्यक कागजातहरु लाग्ने समय लाग्ने शुल्क जिम्मेवार कर्मचारी/शाखा गुनासो सुन्ने अधिकारी कैफियत
2.1 वंशजको नागरिकता प्रतिलिपी रुकुम पूर्व जिल्लाको हकमा:- प्रमाण पुगेकोमा सोही दिन रु. 13/-को टिकट स.प्र.जि.अ./ना.सु स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.  
1.अनुसूची सम्वन्धित स्थानीय तहबाट सिफारिस र फोटो 3 प्रति
2.नागरिकता प्रमाणपत्र नम्बर एवं जारी मिति खुलेको प्रमाण र सो को प्रतिलिपी
कर्मचारी परिवारको हकमा
1.सम्वन्धित कार्यालयको सिफारिस पत्र
2.जारी भएको जिल्लाबाट अभिलेख भिडेको प्रमाण
3.कर्मचारी परिचयपत्रको फोटोकपी
पतिको नाम थर समावेश गरी प्रतिलिपी लिन
1.पतिको सक्कल नागरिकताको प्रमाणपत्र र सनाखतको लागि उपस्थिति
2.विवाह दर्ता सक्कल तथा प्रतिलिपी
3.अन्य जिल्लाबाट नागरिकता प्रमाणपत्र जारी भएको भए सम्वन्धित जिल्लाबाट अभिलेख भिडेको प्रमाण ।
4.पानी,विजुली,टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाणपत्र
5.बसाइ सरेर आउनेहरुको लागि बसाइ सरी आएको जिल्लाबाट बाबु आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी सो को भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ ।
2.2 बैवाहिक अंङ्गिकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपी 1.अनुसूची फाराम सम्वन्धित स्थानीय वडाबाट सिफारिस र फोटो 3 प्रति प्रमाण पुगेकोमा सोही दिन रु. 13/-को टिकट स.प्र.जि.अ./ना.सु स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.  
2.नागरिकता प्रमाणपत्र नम्बर एवं जारी मिति खुलेको प्रमाण 
3. बसाइसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र.लिएका व्यक्तिको हकमा बसाइसराई प्रमाण पत्र, जग्गाधनी पूर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र समेत पेश गर्नु पर्नेछ
4. प्रकरण नं. 3 बमोजिमका निवेदकलाई नागरिकता प्रमाणपत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख भिडेको प्रमाण प्राप्त भएपछि मात्र नागरिकता प्रमाणपत्रको प्रतिलिपी दिइने छ ।
2.3 अंङ्गिकृत नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 1.अनुसूचि फाराम सम्वन्धित स्थानीय तहबाट सिफारिस र फोटो 3 प्रति प्रमाण पुगेकोमा सोही दिन रु. 13/-को टिकट स.प्र.जि.अ./ना.सु स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.  
2.ना.प्र.प.नं. र जारी मिति खुलेको प्रमाण
3.निवेदन पेश हुन आएपछि जिल्लामा अभिलेख नभएकाहरुको हकमा सम्वन्धित व्यक्तिको अंङ्गिकृत नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख पठाइदिन गृह मन्त्रालय र सम्वन्धित व्यक्ति एकिन गर्न स्थलगत सर्जमिन गरी पठाउन जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने
2.4 नागरिकता परित्याग 1.सक्कल नागरिकता प्रमाणपत्र निर्णय प्रकृया पुगेपछि रु.10 को टिकट स.प्र.जि.अ./ना.सु स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.  
2.सक्कल राहदानी
3.अनुसूची 9 फारम (फोटो सहित)
4. विदेशी राष्ट्रबाट प्राप्त गरेको नागरिकता प्रमाणपत्र तथा राहदानी वा प्राप्त हुने अग्रिम जानकारी पत्र (No Objection Letter)
सेवाग्राही महानुभावहरुले पेश गर्नु भएका सम्पूर्ण कागजातहरुको सक्कल समेत अनिवार्य रुपमा ल्याउनु हुन अनुरोध छ । 
3. राहदानी (Machine Readable Passport)
क्र.स. सेवाको विवरण आवश्यक कागजातहरु लाग्ने समय लाग्ने शुल्क जिम्मेवार कर्मचारी/शाखा गुनासो सुन्ने अधिकारी कैफियत
3.1 साधारण(Normal) राहदानी निवेदकको नागरिकताको प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वबाट जारी भएको हकमा  निवेदन पेश गरेको 30 दिन पछि  रु.5,000।-  10 बर्ष मुनिको नावालकको हकमा रु. 2,500।-जम्मा गरेको सक्कल भौचर (राहदानी हराएको/च्यातिएको वा कुनै किसिमले बिग्रेको भएमा थप 5000 दस्तुर लाग्ने छ) स.प्र.जि.अ./ना.सु/क.अ. स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.  
1.रितपूर्वक भरिएको आवेदन- 1 प्रति
2.नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सो को 1 प्रति प्रतिलिपी (ना.प्र.शाखाबाट ना.प्र. प्रमाणपत्र भिडेको हुनु पर्नेछ ।
3. नावालकको हकमा जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वबाट जारी गरिएको नावालक परिचय पत्र र निजको बावु वा आमा मध्ये कुनै 1 जनाको नागरिकताको प्रमाण पत्र र सो को प्रतिलिपी । संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने लिखितको सक्कल प्रति र संरक्षकको नागरिकताको प्रमाणपत्र र त्यसको प्रतिलिपी
4. पहिले राहदानी लिएको भए सो को सक्कल प्रति र प्रतिलिपी
5. निवेदक स्वयं उपस्थित हुनु पर्नेछ ।
अन्यत्र जिल्लाबाट नागरिकता लिएर वसाइसराई गरी रुकुम पूर्व जिल्लामा आउनेको हकमा
1.रितपूर्वक ‌Online भरिएको आवेदन- 1 प्रति
2.नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सो को 1 प्रति प्रतिलिपी 
3.स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको वसाइसराई प्रमाण पत्र
4.जग्गाधनी प्रमाण पत्र,
5.सम्वन्धित जिल्लावाट नागरिकताको अभिलेख बुझिने छ ।
6.अन्य जिल्लाबाट नावालिक परिचयपत्र बनिसकेको हकमा सम्वन्धित जिल्लाबाट अभिलेख बुझिनेछ ।
अन्यत्र जिल्लाबाट नागरिकता लिएर विवाह गरी रुकुम पूर्व जिल्लामा आउनेको हकमा:-
1.रितपूर्वक भरिएको आवेदन- 1 प्रति
2.नेपाली नागरिकताको  प्रमाण पत्रको सक्कल प्रति र सो को 1 प्रति प्रतिलिपी
3.विवाह दर्ता प्रमाण पत्र
4.पतिको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
5.सम्वन्धित जिल्लावाट नागरिकताको अभिलेख बुझिने छ ।
रुकुम पूर्व जिल्ला स्थित सरकारी निकायमा कार्यरत कर्मचारी र कर्मचारी परिवारको हकमा
1.रितपूर्वक भरिएको आवेदन- 1 प्रति
2.नेपाली नागरिकताको प्रमाण पत्रको सक्कल प्रति र सो को 1 प्रति प्रतिलिपी
3.सम्बन्धित निकायको सिफारिस पत्र
4.सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ ।
5.अन्य जिल्लाबाट नावालक परिचयपत्र बनिसकेको हकमा सम्वन्धित जिल्लाबाट अभिलेख बुझिने छ ।
6.कर्मचारी परिचयपत्रको प्रतिलिपी 1 प्रति
सेवाग्राही महानुभावहरुले पेश गर्नु भएका सम्पूर्ण कागजातहरुको सक्कल समेत अनिवार्य रुपमा साथमा ल्याउनु हुन अनुरोध छ ।
4. मुद्दा
क्र.सं. सेवाको विवरण आवश्यक कागजातहरु/प्रमाणपत्रहरु लाग्ने समय लाग्ने शुल्क जिम्मेवार कर्मचारी/शाखा गुनासो सुन्ने अधिकारी कैफियत
4.1 जरुरी पक्राउ पूर्जी समर्थन तथा पक्राउ अनुमति 1.पक्राउ गर्ने प्रहरी वृत्तले म्याद र सार्वजनिक विदा बाहेक २४ घण्टा भित्र थुनुवा सहित प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने तुरुन्त - प्र.जि.अ. प्र.जि.अ.  
4.2 म्याद थप सम्बन्धित प्रहरी वृत्तले थुनुवा सहित स.प्र.जि.अ समक्ष पेश गर्ने तुरुन्त - प्र.जि.अ./स.प्र.जि.अ./ना.सु. प्र.जि.अ.  
4.3 मुद्दा दर्ता/वयान/थुनछेक आदेश/म्याद जारी 1. प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने  सोही दिन प्रचलित कानून बमोजिम प्र.जि.अ./स.प्र.जि.अ./ना.सु. प्र.जि.अ.  
2. अभियोग पत्रसाथ प्रतिवादीलाई कार्यालय बन्द हुने समय भन्दा कम्तीमा डेढ घण्टा पहिले उपस्थित गराईएको हुनुपर्ने
3. फरार प्रतिवादीको ३ पुस्ते विवरण स्पष्ट वतन र सम्पर्क नं. समेत अभियोग पत्रमा स्पष्ट खुलेको हुनुपर्ने ।
4.4 म्याद तारेख तोक्ने/प्रमाण मुकरर गर्ने/पेशी तोक्ने सम्बन्धित प्रतिवादी तारेखमा रहेको वा म्याद/तारेख गुजारेको वा थुनामा रहेको र अंग पुगेको हुनुपर्ने     प्र.जि.अ./स.प्र.जि.अ./ना.सु. प्र.जि.अ.  
4.5 तारेखमा बोलाउने/तारेख थाम्ने 1. तारेख पर्चा/धरौटी जम्मा गरेको रसिद सहित तोकिएको दिन प्रतिवादी आफै उपस्थित हुने सोही दिन रु. 10 को टिकट प्र.जि.अ./स.प्र.जि.अ./ना.सु. प्र.जि.अ.  
2. पटक पटक वा एक पटक बढीमा 15 दिन तारेख थाम्न पाईने भएकोले सोको लागि रु. 10 को टिकट टाँस गरी तोकिएको ढाँचामा निवेदन दिनुपर्ने
4.6 फैसला तयारी गर्ने 1.प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने   प्रचलित कानून बमोजिम प्र.जि.अ./स.प्र.जि.अ./ना.सु. प्र.जि.अ.  
4.7 प्रमाणित प्रतिलिपी दिने 1.मिसिलमा संलग्न कागजात र निर्णय/फैसलाको प्रमाणित प्रतिलिपी लिनका लागि सरोकारवालाले तोकिएको ढाँचामा निवेदन र तोकिएको दरका टिकट टाँस गर्नुपर्नेछ ।   प्रचलित कानून बमोजिम प्र.जि.अ./स.प्र.जि.अ./ना.सु. प्र.जि.अ.  
4.8 सवारी दुर्घटनाका मृतकका हकदार/घाइतेलाई क्षतिपूर्ति, राहत, औषधीउपचार दिलाई भराई दिने 1. दुर्घटना पुष्टि हुने मुचुल्का सहितका कागजातहरु (सम्बन्धित प्रहरीबाट) (घटना मुचुल्का, लाश बुझेको पत्र, मेडिकल प्रतिवेदन, मृतकको नागरिकता, मृत्युदर्ता प्रमाणपत्र, नजिकको हकदारको नागरिकता प्रमाणपत्र, नाता प्रमाणित र सम्बन्धित स्थानीय तहको सिफारिश) सहित सम्बन्धित व्यक्ति/हकदार स्वयं उपस्थित हुनुपर्ने   प्रचलित कानून बमोजिम प्र.जि.अ./स.प्र.जि.अ./ना.सु. प्र.जि.अ.  
2. सवारी धनीका तर्फबाट सवारीधनी प्रमाणपत्र, विमा आलेख, अख्तियारनामा, रकम बुझाउनेको परिचयपत्र सहित सम्बन्धित व्यक्ति उस्थित हुनुपर्ने
4.9 दण्ड जरिवाना असुल गर्ने प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने   प्रचलित कानून बमोजिम प्र.जि.अ./स.प्र.जि.अ./ना.सु. प्र.जि.अ.  
4.1'0 बिगो भराउने दिलाउने 1. मुद्दा अन्तिम किनारा भएको वा पुनरावेदन अवधि नाघेको हुनुपर्ने   प्रचलित कानून बमोजिम प्र.जि.अ./स.प्र.जि.अ./ना.सु. प्र.जि.अ.  
2. सम्बन्धित जाहेरवाला, घाइते उपस्थित भई नागरिकता प्रमाणपत्र वा पहिचान खुल्ने कागजात सहित (३ वर्ष भित्र) निवेदन दिनुपर्ने 
3. प्रतिवादी फरार रहेको/धरौटी जमानत नराखेको वा राखिएको धरौट जमानत न्यून रही ठहरेको विगो भराउन नसकिएको अवस्थामा बिगो भराउन सम्बन्धित प्रतिवादीको नेपाल सरहद भित्रको जायजेथा देखाई दरखास्त दिनुपर्ने ।
4.11 धरौटी फिर्ता 1. यस कार्यालयबाट भएको फेसलामा चित्त बुझि पुनरावेदन नगर्ने भए सोही व्यहोरा खुलेको धरौटी फिर्ताको निवेदन (रु.10 को टिकट सहित) दिनुपर्ने   प्रचलित कानून बमोजिम प्र.जि.अ./स.प्र.जि.अ./ना.सु. प्र.जि.अ.  
2. नेपाली नागरिकता प्रमाणपत्र वा परिचयपत्र खुल्ने अन्य प्रमाण २ प्रति
3. नेपाल बैङ्कको खाता नम्वर सहितको विवरण खुलेको निस्सा २ प्रति
4.12 सदरस्याहा प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने   प्रचलित कानून बमोजिम प्र.जि.अ./स.प्र.जि.अ./ना.सु. प्र.जि.अ.  
5. संस्थादर्ता, पत्रपत्रिका तथा छापाखाना
क्र.सं. सेवाको विवरण आवश्यक कागजातहरु/प्रमाणपत्रहरु लाग्ने समय लाग्ने शुल्क जिम्मेवार कर्मचारी/शाखा गुनासो सुन्ने अधिकारी कैफियत
5.1 संस्था दर्ता 1. संस्था दर्ताको लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको तदर्थ समितिका पदाधिकारी र सदस्यहरुको संयुक्त निवेदन आवश्यक जाँचबुझ सकेको भोलिपल्ट  रु. 1000।- स.प्र.जि.अ./ना.सु. स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.  
2. स्थानीय तह (गाउँपालिका/नगरपालिका/महानगरपालिका) को सिफारिस पत्र
3. तदर्थ समितिका पदाधिकारी र सदस्यहरुले नेपाली कागजको प्रत्येक पानाको तल माथि दस्तखत गरेको विधान ३ प्रति (नेपाली कागजमा)
4. संस्था स्थापनाका लागि निम्न कुराहरु खोलिएको भेलाको निर्णय,
 - सर्वसम्मतले तदर्थ समितिका पदाधिकारी र सदस्यहरु चयन गरिएको
 - सर्वसम्मतले संस्थाको नाम र ठेगाना छनोट गरिएको 
 - विधान बनाउने विषय (विधान मस्यौदा उपसमितिको गठन)
 - जिल्ला प्रशासन कार्यालय, रुकुम पूर्वमा संस्था दर्ता गर्ने निर्णय
 - तदर्थ समितिले विधान पारित गरी स्विकृतीका लागि स्थानीय अधिकारी समक्ष पेश गर्ने भनी गरेको निर्णयका साथै संस्था दर्ताको लागि पदाधिकारीहरुलाई अख्तियारी दिएको निर्णय
5. तदर्थ समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाणित प्रतिलिपीहरु 1/1 प्रति
6. संस्थाका तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको नाम, ठेगाना, सम्पर्क नं. र फोटो सहितको नामावली
7. संस्थाका पदाधिकारीहरुको चालचलन बुझेको प्रहरी प्रतिवेदन
8.तदर्थ समितिका पदाधिकारी र सदस्यहरु सक्कल नागरिकता सहित सनाखतका बखत उपस्थित हुनुपर्ने
9. संस्थाको नाम र उद्धेश्यको विषयमा सम्बन्धित मन्त्रालय, विभाग र निकायको राय प्रतिक्रिया लिनुपर्ने भएमा सोको सिफारिस
10. व्यापार/व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुको संस्था भएमा संस्थाका पदाधिकारीहरुले सञ्चालन गरेको व्यवसाय इजाजत/अनुमति लिनुपर्ने प्रकृतिको भए त्यस्तो इजाजत पत्रको प्रतिलिपी र करचुक्ताको प्रतिलिपी समेत पेश गर्नुपर्नेछ ।
5.2 संस्था नविकरण 1. नविकरणका  लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको तोकिएको ढाँचाको निवेदन प्रक्रिया पूरा भएमा सोही दिन रु. 500।- स.प्र.जि.अ./ना.सु. स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.  
2. विधानसम्मत साधारणसभाले चालू आ.व. को लागि लेखापरीक्षक नियुक्ति, सम्बन्धित आ.व. को लागि लेखा परिक्षण प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन र कार्य समिति छनौट गरेको निर्णयको माइन्यूटको अध्यक्ष/सचिवले प्रमाणित गरेको प्रतिलिपी
3. सम्बन्धित आ.व. को लेखा परिक्षण प्रतिवेदन
4. सम्बन्धित आ.व. को लागि करदाता सेवा कार्यालयको सिफारिस
5. सम्बन्धित आ.व. मा नविरणको लागि सम्बन्धित स्थानीय तह (गाउँपालिका/नगरपालिका/महानगरपालिका) को सिफारिस)
6.संस्थाको स्थायी लेखा नम्वर (PAN) दर्ता प्रमाणपत्र
7.जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको संस्थानको विधानको प्रतिलिपी
8. संस्थाको प्रमाणपत्रको फोटोकपी
9. संस्थाको लेटरप्याडमा वर्तमान कार्यसमितिको प्रमाणित नामावली
10. कुल साधारण सदस्य संख्या खुलाएको नामावली सहितको प्रमाणित विवरण र साधारणसभा/विशेष साधारण सभामा उपस्थिति संख्याको विवरण
11. सम्बन्धित आ.व. को वार्षिक कार्यप्रगति विवरण
12. बालगृह सञ्चालन सम्बन्धित संस्था भए बालगृहमा सशुल्क वा निःशुल्क सञ्चालन गरेको खुल्ने गरी स्थलगत अनुगमन सहितको प्रमाणित प्रतिवेदन समेत खुलेको सम्बन्धित स्थानीय तह (गाउँपालिका/नगरपालिका/महानगरपालिका) को सिफारिस
13. लेखापरीक्षकको प्रमाणपत्र, पान (PAN) दर्ता  प्रमाणपत्र, लेखापरिक्षण प्रमाणपत्र (नविकरण समेत देखिने गरी), कर चुक्ताको प्रमाणपत्र समेत
14. बैदेशिक सहयोग (नगदी/जिन्सी) बाट आयोजना तथा कार्यक्रम सञ्चालन गरेको भए समाज कल्याण परिषद्को कार्यक्रम स्वीकृत पत्र, समाज कल्याण परिषद्को अनुगमन प्रतिवेदन र कार्यक्रम सञ्चालन भएको स्थानीय तह (गा.पा./न.पा./म.न.पा.)बाट कार्यक्रम सम्पन्न/भईरहेको सिफारिस पत्र
15. व्यापार/व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुको संस्था भएमा संस्थाका पदाधिकारीहरुले सञ्चालन गरेका व्यवसायीहरुको संस्था भएमा संस्थाका पदाधिकारीहरुले सञ्चालन गरेको व्यवसाय इजाजत/अनुमति लिनुपर्ने प्रकृतिको भए त्यस्तो इजाजत पत्रको प्रतिलिपीर करचुक्ताको प्रतिलिपी समेत पेश गर्नुपर्नेछ ।
5.3 संस्थाको विधान संशोधन 1. रितपूर्वकको निवेदन प्रक्रिया पूरा भएमा सोही दिन   स.प्र.जि.अ./ना.सु. स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.  
2. तीन महले विधान-३ प्रति
3. नविकरण भएको संस्थाको प्रमाणपत्र र सोको प्रतिलिपी
4.संशोधन गर्ने प्रस्ताव कूल सदस्य संख्याको दुई तिहाई (2/3) साधारण सभा सदस्यहरुले पारित गरेको प्रमाणित निर्णय प्रति
5. जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको संस्थाको विधानको प्रमाणित प्रतिलिपी
नोटः तीन महलेको सुरु पानाको माथि दस्तखत नगरी तलबाट दस्तखत गरी बाँकी पानाको माथि कार्यसमितिका सदस्यले दस्तखत गर्ने
5.4 जिल्लामा संस्थाको शाखा खोल्ने 1. रितपूर्वकको निवेदन सोही दिन निःशुल्क स.प्र.जि.अ./ना.सु. स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.  
2. संस्थाको कार्यसमितिको निर्णय
3. विधानको प्रतिलिपी र दर्ता प्रमाणपत्रको प्रतिलिपी (नविकरण देखिने)
4.सम्बन्धित स्थानीय तह (गा.पा./न.पा./म.न.पा)को सिफारिस पत्र
5.5 पत्रपत्रिका दर्ता सम्बन्धी क. प्रकाशक बारे प्रक्रिया पूरा भएमा सोही दिन दैनिक पत्रिका रु. 1000।- अर्धसाप्ताहिक रु. 700।- साप्ताहिक रु. 500।- पाक्षिक रु. 300।- मासिक र अन्य रु. 200।- स.प्र.जि.अ./ना.सु. स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.  
1.जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको तोकिएको ढाँचाको निवेदन
2. प्रकाशकको ४ प्रति फोटो र नागरिकताको फोटोकपी
3. प्रकाशक संस्था भए संस्थाको छाप प्रबन्ध पत्र वा संस्थाको स्वीकृत विधान प्रमाणपत्र, नविकरण भएको प्रमाणपत्र, कर चुक्ताको पत्र, अडिट रिपोर्ट, सञ्चालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रमाणित प्रतिलिपी
4. सञ्चालकहरु सबैको नागरिकताको फोटोकपीहरु
5. प्रहरी चालचलन
ख. सम्पादक बारे
1.सम्पादकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
2. सम्पादकको शैक्षिक योग्यताको एस.एल.सी. देखि स्नातक सम्मको मार्कसिट, चारित्रिक प्रमाणपत्र र प्रोभिजनल सर्टिफिकेटका प्रतिलिपीहरु वा एस.एल.सी. उत्तीर्ण गरी पत्रकारितामा 10 (दश) वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणपत्रहरुको प्रतिलिपी
3. सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको पत्र
4. पत्रिकामा सम्पादक पदमा रही काम गर्ने बारेको सम्पादकको मञ्जुरीनामा 
5. प्रहरी चालचलन
5.6 छापाखाना सञ्चालन 1. स्वीकृत छापाखानाबाट पत्रिका छाप्न मञ्जुरी दिएको सिफारिस प्रक्रिया पूरा भएमा सोही दिन रु. 1000।- स.प्र.जि.अ./ना.सु. स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.  
2. छापाखाना दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी
3. छापाखानाको प्रबन्ध पत्रको प्रतिलिपी
4. छापाखानालाई जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको प्रमाणपत्रको प्रतिलिपी
5. छापाखानाले कर तिरेको कर चुक्ता प्रमाणपत्र
सेवाग्राही महानुभावले पेश गर्नु भएका सम्पूर्ण कागजातहरुको सक्कल समेत अनिवार्य रुपमा साथमा ल्याउनु हुन अनुरोध छ ।
6. नावालक परिचयपत्र
क्र.सं. सेवाको विवरण आवश्यक कागजातहरु/प्रमाणपत्रहरु लाग्ने समय लाग्ने शुल्क जिम्मेवार कर्मचारी/शाखा गुनासो सुन्ने अधिकारी कैफियत
6.1 नावालक परिचयपत्र तथा प्रतिलिपी (क) रुकुम पूर्व जिल्लाको हकमा सबै प्रमाणपत्र पुगेमा दरखास्त दिएकै दिन रु. 10।- को टिकट प्रतिलिपीको हकमा प्रति पाना रु. 3।- को टिकट स.प्र.जि.अ./ना.सु स.प्र.जि.अ.को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.  
1. तोकिएको ढाँचामा स्थानीय तह (गा.पा./न.पा./म.न.पा) को सिफारिस
2. बाबु र आमाको नागरिकता प्रमाणपत्र सक्कल र प्रतिलिपी
3. आमा बाबुको विवाह दर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपी
4. नावालकको जन्म दर्ता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रको सक्कल र प्रतिलिपी
5. पासपोर्ट साइजको हालसालै खिचेको फोटो ३ प्रति (सिफारिसमा टाँस भए अनुसारको प्रमाणित फोटो)
(ख) अन्य जिल्लाबाट बसाईसराई गरी आएको भए थप अनिवार्य पेश गर्नुपर्ने कागजातहरु
1. (क) मा उल्लेखित सम्पूर्ण कागजातहरु
2. बसाईसराई दर्ताको प्रमाणपत्र सक्कल तथा प्रतिलिपी
3. जग्गाधनी दर्ता प्रमाणपत्र सक्कल तथा प्रतिलिपी
(ग) विदेशमा जन्म भएका नावालकहरुको हकमा आवश्यक पर्ने कागजातहरु
1. (क) मा उल्लेखित सम्पूर्ण कागजातहरु
2. नेपाल बाहिर जन्मस्थान हुनेको हकमा अस्पतालको Birth Certificate
3. नेपाल आउदा प्रयोग भएको बच्चाको One Way Travel Document वा राहदानी (सोमा लागेको अध्यागमन कार्यालय नेपालको छाप सहितको)
4. बच्चा लिएर आउने बाबु आमाको राहदानी (सोमा लागेको नेपालको अध्यागमन कार्यालयको छाप सहितको)
(घ) कर्मचारी परिवारको हकमा थप कागजात
1. (क) मा उल्लेखित सम्पूर्ण कागजातहरु
2. कार्यरत कार्यालयको सिफारिश पत्र र कर्मचारी परिचयपत्रो प्रतिलिपी
नोटः माथि उल्लेखित सम्पूर्ण कार्यहरुमा आमा/बाबुको अन्य जिल्लाको नागरिकता भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित भै आएको नागरिकता प्रमाणपत्रको अभिलेख अनिवार्य रुपमा बुझिनेछ ।
सेवाग्राही महानुभावहरुले पेश गर्नु भएका सम्पूर्ण कागजातहरुको सक्कल समेत अनिवार्य रुपमा साथमा ल्या


पछिल्लो अपडेट गरिएको : 2082-12-30 16:58:44

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रुकुम (पूर्वी भाग) .