Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Rukum (East Part)

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Rukum (East Part)

Friday, Jestha 29, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness).

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

नागरिकता प्रतिलिपी सम्बन्धमा

9 months ago

2082-05-26


                   प्रश्न

                            जवाफ

१. नागरिकता हराएको, बिग्रिएको, झुत्रो भएको अवस्थामा प्रतिलिपी नागरिकता लिन के गर्नुपर्दछ ?

  • व्यक्तिको स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको नागरिकता प्रतिलिपि अनुसूची फाराम पेश गर्ने ( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)।
  • नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्‍कलै र हराएको भए नागरिकताको प्रतिलपि संलग्न गरी पेश गर्ने।

२. बसाईसराई गरी आएको हकमा स्थायी ठेगाना कायम गरी प्रतिलिपी लिनु परेमा के गर्ने ?

  • स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको नागरिकता प्रतिलिपि अनुसूची फाराम (नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)।
  • नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्‍कलै र हराएको भए नागरिकताको प्रतिलिपि पेश गर्ने।
  • बसाईसराई दर्ता प्रमाणपत्र सक्‍कल र सो को फोटोकपी पाना-१।
  • परिवारका कुनै सदस्यको नाममा भएको जग्गाधनी दर्ता प्रमाणपत्र (लालपूर्जा)। साथै लालपूर्जा नभएमा सम्बन्धित स्थायी वसोबास गरेको वडा कार्यालयबाट प्रमाणित सिफारिस पत्र।

 

३. विवाह गरी आएको महिलाले पतिको नामथर र स्थायी ठेगाना कायम गरी प्रतिलिपी लिनु परेमा के गर्ने ?

  • सम्बन्धित वडा कार्यालयबाट प्रमाणित भएको नागरिकता प्रतिलिपि अनुसूची फाराम (नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)।
  • नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्‍कलै र हराएको भए नागरिकताको प्रतिलिपि पेश गर्ने।
  • पतिको नागरिकता प्रमाणपत्रको सक्‍कल प्रति र फोटोकपि पाना-१
  • अनलाइन विवाह दर्ता प्रमाणपत्र सक्‍कल प्रति सहित फोटोकपि पाना-१
  • यदि पति र पत्‍नीको जन्म उमेर धेरै अन्तर भएमा दुवैको पहिलो विवाह भएको भनी खुलाईएको वडा कार्यालयको सिफारिस पत्र

४. सम्वन्धविच्छेद गरी पुनः माइती तर्फबाट नागरिकताको प्रतिलिपी लिन के गर्नुपर्दछ ?

  • सम्बन्धित वडा कार्यालयबाट प्रमाणित भएको नागरिकता प्रतिलिपि अनुसूची फाराम ( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)।
  • नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सोको सक्‍कलै प्रति र हराएको भए नागरिकता प्रमाण पत्रको फोटोकपि पेश गर्ने।
  • सम्बन्धविच्छेद प्रमाण पत्रको सक्‍कलै प्रति र सोको फोटोकपी पाना-१।
  • अदालतको फैसला र सो को फोटोकपी पाना-१।
  • माईती तर्फबाट सनाखत गर्न आउने व्यक्तिको सक्‍कलै नागरिकता प्रमाण पत्र र सो को फोटोकपी पाना-१।

५. नेपालको नागरिकता परित्याग गर्न के-के प्रक्रिया पूरा गर्नुपर्दछ  ?

  • रितपूर्वक भरिएको नेपाल नागरिकता नियमावली, २०६३ बमोजिमको अनुसूची-९ फाराम।
  • नेपाली नागरिकता प्रमाण पत्रको सक्‍कलै प्रति।
  • कुन देशको नागरिकता प्राप्त गरेको हो, सोही देशको सक्‍कलै नागरिकताको प्रमाण पत्र र राहदानी।

६. नागरिकता प्रतिलिपी लिन आउदा सक्कल प्रमाणपत्रहरु लिएर आउनु पर्छ कि पर्दैन ?

  • व्यक्तिको स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको नागरिकता प्रतिलिपि अनुसूची फाराम पेश गर्ने।( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)
  • नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्‍कलै र हराएको भए नागरिकताको प्रतिलिपि संलग्न गरी पेश गर्ने।
  • आवश्यक कागजातहरू सबै सक्‍कलै लिई आउनु पर्छ ।

७. नागरिकता हराई प्रतिलिपी नागरिकता बनाएपछि साविकको नागरिकता भेटिएमा के गर्ने ?

  • नयाँ लिएको प्रतिलिपि नागरिकता प्रयोग गर्ने र पुरानो नागरिकता प्रयोग नगरी यथासिघ्र जिल्ला प्रशासन कार्यालयमा बुझाउने। 

८. हिनतावोधको कारण दलित जातीले थर संशोधन गर्नुपरेमा के गर्ने ?

  • स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट प्रमाणित गरेको नागरिकता प्रतिलिपि अनुसूची फाराम पेश गर्ने।( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)
  • नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्‍कलै र हराएको भए नागरिकताको प्रतिलिपि पेश गर्ने।
  • हिनताबोधका कारण थर संशोधन गरी अब कायम गरिदिने थर उल्लेख गरिएको सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र।

९. सम्वन्धविच्छेद गरी पुनः अर्को व्यक्तिसँग विवाह दर्ता गरी नागरिकता प्रमाणपत्र प्रतिलिपी लिनुपरेमा के गर्ने ?

  • सम्बन्धित वडा कार्यालयबाट प्रमाणित भएको नागरिकता प्रतिलिपि अनुसूची फाराम।( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)
  • नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्‍कलै र हराएको भए नागरिकताको प्रतिलिपि पेश गर्ने।
  • सम्बन्धविच्छेद दर्ता प्रमाण पत्रको सक्‍कल प्रति र सो को फोटोकपी पाना-१।
  • अदालतको फैसला र सो को फोटोकपी पाना-१।
  • पतिको नागरिकता प्रमाण पत्रको सक्‍कल प्रति र सो को फोटोकपी पाना-१।
  • पतिको पहिलो वा दोस्रो विवाह भएको सम्बन्धमा स्पष्ट खुलाई आएको वडा कार्यालयको सिफारिस पत्र।
  • पति र पत्‍नीको उमेर अन्तर धेरै भएमा वा पहिलो/दोस्रो विवाह सम्बन्धमा दुविधा भएमा कार्यालयले आवश्यकता अनुसार प्रहरी सर्जमिन मुचुल्का वा वडा सर्जमिन मुचुल्का समेत बुझ्न सक्‍नेछ।
  • पतिको दोस्रो विवाहको हकमा (पूर्व पत्‍नीको मृत्यु भएमा मृत्‍यु दर्ता प्रमाणपत्र, सम्बन्धविच्छेद भएकोमा अदालतको फैसला र सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र)।

Last Updated : 2082-12-30 16:58:44

© All Rights Reserved to District Administration Office, Rukum (East Part) .