Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Rukum (East Part)

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Rukum (East Part)

Friday, Jestha 29, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness).

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

कार्यालय परिचय 2081-11-20

जिल्ला प्रशासन कार्यालयको परिचयः

२००७ सालमा प्रजातन्त्रको पादुर्भाव पश्चात चुस्त एवं विकेन्द्रित प्रशासनको आवश्यक्ता महशुस गरी वडा हाकिमहरुको नियुक्ति गरेको पाईन्छ । यसै क्रममा गढी, गौंडा र गोश्वाराको रुपमा गृह प्रशासनको कार्य संचालन भएको थियो । नेपालको संविधान २०१९ अनुसार नेपाललाई १४ अञ्चल, ७५ जिल्ला, ५ विकास क्षेत्रमा विभाजन गरियो । स्थानीय प्रशानलाई विकेन्द्रित प्रशासन व्यवस्था अनुसार सञ्चालन गर्न तथा शान्ति सुरक्षा व्यवस्थालाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्थानीय प्रशासन ऐन, २०२८ लागू गरियो । उक्त ऐनको दफा ५ ले जिल्लाको सामान्य प्रशासन सञ्चालन गर्न प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयको स्थापना भएको थियो । नेपाल सरकार, गृह मन्त्रालयको प्रशासनिक कामकाज गर्ने सन्दर्भमा साविक रुकुम जिल्लाको जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहने गरी ईलाका प्रशासन कार्यालय रुकुमकोट मिति २०५५/०७/०१ गते स्थापना भई कामकाज सुचारु भएको र सशस्त्र द्वन्दका क्रममा मिति २०५८ चैत्रमा सुरक्षा संवेदनशीलताका कारण जिल्ला प्रशासन कार्यालय रुकुम (हाल रुकुम पश्चिममा रहेको) बाट सेवा प्रवाह हुँदै आएकोमा पुन शान्ति स्थापना पश्चात मिति २०६७/०७/११ देखि ईलाका प्रशासन कार्यालय रुकुमकोट पुन स्थापना भई सेवा प्रवाह सुचारु भएको र राज्य पुन संरचनाको अवधारणा बमोजिम रुकुम जिल्ला विभाजन भई रुकुम (पूर्वि भाग) जिल्लाको स्थापनासंगै जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्वी भाग) मिति २०७४/०६/१९ मा स्थापना भएको अभिलेखबाट देखिन्छ ।

 

जिल्ला प्रशासन कार्यालयको उद्धेश्यः

जिल्लामा दैनिक प्रशासनिक कामकाजका अतिरिक्त शान्ति सुरक्षा कायम गर्नु, विकास निर्माणमा समन्वय र सहजीकरण गर्नु, प्राकृतिक विपद्को समयमा उद्दार, राहत वितरण र पुन स्थापनाका साथै गृह प्रशासन सम्वन्धि नियमित कार्यहरु संचालन गर्ने गर्दछ । यसका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रुपमा रही सार्वजनिक सेवा वितरणलाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गर्ने समेतका उद्धेश्यहरु रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकारः

  • जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम राख्ने,
  • आन्तरिक सुरक्षा सम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रमको कार्यान्वयन,
  • हातहतियार र खरखजानाको इजाजत सम्बन्धी सिफारिस र नियन्त्रण,
  • विष्फोटक पदार्थ सिफारिस र नियमन,
  • बिदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमन,
  • सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन,
  • गैह्रसरकारी संघ संस्था दर्ता, नवीकरण र नियमन,
  • स्थानीय प्रशासनको सञ्चालन, नागरिकता वितरण,
  • बाल कल्याण तथा बाल अधिकारको संरक्षण, भ्रष्टाचार नियन्त्रण,
  • कार्यालय निरीक्षण तथा अनुगमन,
  • कल्याण धन र बेवारिसे धनको व्यवस्थापन,
  • चिट्ठा, जुवा आदिको नियन्त्रण,
  • सार्वजनिक स्थानमा अवाञ्छनिय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण,
  • विपद् व्यवस्थापन, मुआव्जा निर्धारण तथा वितरण, पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस,
  • मुआव्जा निर्धारण तथा वितरण,
  • पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस,
  • जिल्लाभित्र रहेका नेपाल सरकारको सबै सम्पत्तीको रेखदेख, सम्भार तथा मर्मत गर्ने/गराउने,
  • राहदानी वितरण, लागू औषध नियन्त्रण सम्बन्धी कार्य,
  • जिल्लास्थित कारागारको व्यवस्थापन,
  • जिल्लाभित्र बजार अनुगमन, नियमन तथा राहत वितरण,
  • निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन,
  • जिल्लास्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग,
  • राष्ट्रिय अनुसन्धानसँगको समन्वय, सूचना सङ्कलन र विश्लेषण,
  • जिल्लामा सञ्चालित विकास निर्माण कार्यमा सहयोग,
  • कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारवाही र किनारा गर्ने,
  • सरकारी वा सार्वजनिक जग्गामा घर बनाएमा रोक्का गर्ने र भत्काउने,
  • जिल्लाभित्रको पाटी, पौवा, धारा, कुवा, सत्तल, मन्दिर, धर्मशाला आदिको लगत राख्ने ।


Last Updated : 2082-12-30 16:58:44

© All Rights Reserved to District Administration Office, Rukum (East Part) .