रुकुम (पूर्वी भाग) जिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक हिमाली जिल्ला हो। यस जिल्ला धौलागिरी हिमालको पश्चिमी भागमा रहेको ढोरपाटन शिकार आरक्षको ६० प्रतिशत भन्दा बढी भाग ओगटेको छ। ७,२४६ मिटरको उचाइमा रहेको धौलागिरी द्वितीय पर्वत शृङ्खलाको पश्चिम छेउमा अवस्थित यस जिल्लाको सबैभन्दा अग्लो हिमाल पुथा हिउँचुली (धौलागिरी सातौँ) हो । सिस्ने हिमाल पनि यसै जिल्लामा अवस्थित छ । कमलताल र सुनदह लगायतका धेरै तालतलैयाहरु पनि यस जिल्लामा अवस्थित छन । रुकुम (पूर्वीो भाग) लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला पनि हो। प्राकृतिक,धार्मिक, साँस्कृतिक र पुरातात्विक सम्पदा रहेको यस रुकुम (पूर्वी भाग) जिल्लालाई नेपाल सरकारले नेपालको उत्कृष्ट यात्रा गन्तव्यहरूमा सूचीकृत गरेको छ।
राष्ट्रिय एकिकरण अभियानको क्रममा जिल्लाको विजयसँगै यस क्षेत्रलाई बहादुर शाह र रणबहादुर शाह (वि.सं. १८४२-१८५२) को पालामा नेपाल अधिराज्यसँग गाभिएको थियो। प्राचीन र मध्यकालीन नेपालको बेला पनि खाम मगर संस्कृतिको, स्वाधीनता र संरक्षणका विभिन्न तहलाई कायम राख्न सफल भए पनि राणा शासनको निरंकुशताका साथै पञ्चायतकालमा पनि यस क्षेत्रको संरचनामा फेरबदल भएको थियो। सन् १९०९ अघि, राणा शासनको समयमा र क्रमशः शाह वंशको समयमा राज्य पुनर्निर्माणको समयमा पर्याप्त पूर्वी भागलाई पाल्पा जिल्ला र बाग्लुङ जिल्ला वा डोल्पा जिल्लासँग गाभिएको थियो।पञ्चायती शासनको बेलामा अर्थात्, वि.सं. २०१८ साल वैशाख १ गते रुकुम सल्यान र जाजरकोटबाट छुट्टिएको थियो। छुट्टिएर नयाँ जिल्ला बनेपछि यसको सदरमुकाम रुकुमकोट तोकिएको थियो भने पछि वि.सं. २०३० सालमा, जिल्लाको राजधानी मुसिकोट सारिएको थियो । सङ्घीयताको अवधारणा र राज्यको पुन संरचना बमोजिक साविक रुकुम जिल्ला विभाजन भई रुकुम (पूर्वि भाग) जिल्लाको स्थापना भएको थियो। रुकुम (पुर्वी भाग) जिल्लामा सिस्ने, भूमे र पुथा उत्तरगंगा गरी ३ वटा गाउँपालिका, ३१ वटा वडाहरु छन् भन्ने यो नगरपालिका विहीन जिल्ला हो ।
१. जिल्लाको भौगोलिक अवस्था:–
देशान्तरः ८२ डि. ३५ मि. देखि ८३ डि. १० मि. पुर्वी देशान्तरसम्म
अक्षांसः २८ डि. २८ मि. देखि २९ डि. ०० मि. उत्तरी अक्षांससम्म
समुन्द्र सतहदेखि उचाईः ७२४६ मि.
जिल्लाको क्षेत्रफलः १६६३ वर्ग कि.मि.
सदरमुकामको उचाईः १६५० मि.
हावापानीः समशितोष्ण/शितोष्ण
औषत वार्षिक वर्षाः १८०० मि.मि.देखि २६०० मि.मि.सम्म
तापक्रमः ०.२ देख ३४ सेल्सियस सम्म ।
२. जिल्लाको सिमाना
पूर्वः बाग्लुङ र म्याग्दी
पश्चिमः रुकुम(पश्चिम)
उत्तरः डोल्पा
दक्षिणः रोल्पा
३. राजनैतिक तथा प्रशासनिक विभाजनः–
प्रदेश नं. ५
जिल्लाः रुकुम (पूर्व)
सदरमुकामः सिस्ने गा.पा.,रुकुमकोट
निर्वाचन क्षेत्रः प्रतिनिधी सभाः १, प्रदेश सभा २ वटा